NRNA Appeal- Nepal Flood & Landslide

सबैमा नमस्कार ।
यस हप्ताको आइतवार देखी हाल सम्म परेको अविरल वर्षाकाका कारण नेपालका पूर्वी तथा पश्चिमि भेगहरु प्रभावित भएका छन् । यसबाट ठूलो मात्रामा जन धनको क्षति भई हजारौं व्यक्तिहरु प्रभावित भएका छन् । यसबाट दिवगंत हुनु भएका व्यक्तिका परिवार प्रति गहिरो समवेदना प्रकट गर्दछौ । यस प्राकृतिक प्रकोपबाट बढी क्षती बेहोर्नु परेको कैलाली जिल्लाका अति प्रभावित परिवारहरुका लागि हाल नेपालमा रहनु भएका संघका पदाधिकारीहरु प्रत्यक्ष सहभागी भई राहत वितरण गर्ने योजना रहेको छ ।
गैरआवासीय नेपाली संघले मातृभूमीमा आइपरेको आपत विपतमा जहिले पनि सहयोग गर्दै आएको यहाँहरुलाई अवगत नै छ । तसर्थ यस मानवीय कार्यको लागि आफूले सक्दो सहयोग गर्न सम्पुर्ण राष्ट्रिय समन्वय परिषदहरु तथा गैरआवासीय नेपालीहरुमा हार्दिक अपिल गर्दछौ । सहयोग रकम तलको खातामा पठाइ सचिवालयलाई जानकारी गरउन हुन समेत अनुरोध गर्दछौ ।
Transfer to NRNA Emergency Fund Account
Account No : 024010510000034
Beneficiary : NRNA Emergency Fund
Bank : Sanima Bank Limited.
Branch : Teku, Kathmandu
Swift : SNMANPKA
कुमार पन्त
अध्यक्ष