हार्दिक बधाई तथा शुभ-कामना !

Published On: Source: NRNA KOREA

नेपाल सरकारको आइतबार बसेको मन्त्रिपरिषदको वैठकले गैर आवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषदका अध्यक्ष श्री शेष घले ज्यूलाई महाभूकम्पले क्षतिग्रस्त बनाएको नेपालको पुनःनिर्माणका लागि प्रधानमन्त्रीको बिशेष दूतमा नियुक्त गरेकोमा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद दक्षिण कोरिया गौरवान्वित भएको छ। अध्यक्ष श्री घलेको विशेष दूतको नयां भूमिकाको लागि गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद दक्षिण कोरिया बधाई ज्ञापन गर्दै उहांको कार्यकालको पूर्णसफलताको लागि हर्दिक शुभकामना प्रकट गर्दछ। 

महा-विनाशकारी भूकम्प पश्चात राष्ट्रिय पुनःनिर्माणको यस चुनौतिपूर्ण घडीमा श्री घलेलाई प्रधानमन्त्रिको विशेष दूत नियुक्त गरेकोमा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद दक्षिण कोरिया नेपाल सरकारप्रति हार्दिक धन्यवाद प्रकट गर्दछ। अध्यक्ष घलेलाई दिएको यस जिम्मेवारीबाट सम्पूर्ण गैरआवासीय नेपालीहरुको भावना र योगदानलाई नेपाल सरकारले समेट्न सकेको अनुभूति हामीले गरेका छौं।

आगामी दिनमा अध्यक्ष श्री शेष घलेज्यूको नेतृत्वमा हुने नेपालको पुनः निर्माण कार्यमा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद दक्षिण कोरियाले पूर्ण रुपले सहभागी जनाउदै राष्ट्रिय पुनःनिर्माणको कार्यमा परिषदले पूर्ण सहयोग तथा योगदान पुर्याउंने प्रतिबद्दता दिलाउंदै दक्षिण कोरियावासी सम्पूर्ण गैर आवासीय नेपाली समुदायको तर्फबाट विशेष दूतमा नियुक्त श्री घलेलाई पुनः बधाई तथा शुभकामना व्यक्त गर्दछौं।

धन्यवाद।

 

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद दक्षिण कोरिया परिवार