एनआरएन कोरियाको सातौ अधिबेशनका उम्मेदवारहरुले पालना गर्नुपर्ने आचार संहिता

Published On: Thursday, September 19, 2019 | Source: NRNA KOREA

 

एनआरएन कोरियाको सातौ अधिबेशनका उम्मेदवारहरुले पालना गर्नुपर्ने आचार संहिता 

 

कुनै  पनि सदस्य तथा उम्मेदवारले दक्षिण कोरियाको कानुन विपरीत व्यानर, पम्पेटिङ्ग, खुल्ला सभा जस्ता कार्य गर्न पाउने छैन । धार्मिक,राजनैतिक, जातयि वा क्षेत्रीय नारा प्रचार प्रसारमा ल्याउन पाउने छैन । एक उम्मेदवारले अर्को उम्मेदवारको व्यक्तिगत चित्रण, गाली गलौच,अपशब्द जस्ता अमानवीय कार्यहरु गरेको प्रमाणित भएमा कार्वाही स्वरुप निर्वाचन समितिले उम्मेदवारी नै वदर गर्न सक्नेछ । निर्वाचन केन्द्र वरपरको क्षेत्रमा हो -हल्ला तथा नाराजुलुश नगर्न तथा चुनाव क्षेत्रलाई शान्त र मर्यादित बनाउन सबैमा हार्दिक अनुरोध गरिएको छ। 

आचार संहिताको पुर्ण पाठ यसघि नै सार्वजानिक गरिएको छ । थप जानकारी वा जिज्ञासा भएमा निर्वाचन समितीमा सम्पर्क गर्न अनुरोध गर्दछौ ।(nrnelection2019@gmail.com)