कोरियाबासी नेपालीहरुलाई एनआरएन कोरियाको निम्तो,विश्वभरका एन आर एन नेतृत्व सहभागी हुँदै

Published On: Thursday, September 19, 2019 | Source: NRNA KOREA

सोल ।गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एन आर एन ए )कोरियाको यही सेप्टेम्बर २१ र २२ तारिख हुने अधिवेशन सफल पार्न एन आर एन कोरियाले अनुरोध गरेको छ ।एन आर एन कोरियाले एक विज्ञप्ती जारी गर्दै सम्पुर्ण कोरियाबासी नेपालीहरु लगायत विश्वभरिका एन आर एनहरुलाई अधिवेशन भव्य रुपमा सफल पार्न आग्रह गरेको हो । अधिवेशनको उदघाटन सत्र २१तारिख शनिवार विहान ९ बजे याक्सु स्थित हलमा शुरु हुने र निर्वाचन २२ तारिख विहान ९ बजे देखि जोगेसा हलमा हुने एन आर एन कोरियाका प्रवक्ता अशोक मैनालीले जानकारी दिए ।