नेपाल हाउस ब्यबस्थापन समितिको ब्यबस्थित र दिर्घकालिन नेपाल हाउसको परिकल्पन

Event Date: 04 Jan 2015 | Source: NRNA KOREA

बैदेशिक रोजगार ,ब्यापार,अध्ययन,बैवाहिक सम्बन्ध लगायत बिबिध कामको लागि दक्षिण कोरियामा नेपालीहरुको प्रबेश सन १९८० को दशकदेखि शुरु भएको पाइन्छ । सन २००७ मा नेपाल सरकार र कोरिया सरकार बीचमा ई.पि.एस सम्झौता भए पश्चात नेपालीको संख्या ह्वात्तै बढेर झण्डै २६००० जनाको हाराहारीमा रहेको अनुमान गरिएको छ। यसै बीचमा नेपाली समुदायले बिभिन्न उद्देश्य राखेर बिभिन्न किसिमका संस्थाहरु स्थापना गरेर संचालन गर्दै आइरहेका छन्। बिभिन्न राजनितिक पार्टीका भातृ संगठन,नेपाली सम्पर्क समिति, एन.आर.एन कोरिया, जातिय संस्था, जिल्लागत क्षेत्रिय संस्था, धार्मिक संस्था, बिधार्थी र पत्रकारहरुको संस्था, नेपाल आदिवासी जनजाति महासंघ, महिलाको संस्था लगायतका झण्डै ५०।६० वटा संस्था क्रियाशिल रहदै आएका छन्।

           नेपाल टाउन भनेर चिनीने स्थान सउलको दोङ्गदेमुनमा एन.आर.एन कोरिया द्वारा सन् २००९ देखि संचालितनेपाल हाउस सन २०१२ देखि हालसम्म केहि बृहत उद्देश्य राखेर दोङ्गदेमुन नजिकै वन्नामदोङ्ग सागरीमा संचालन गर्दै आइरहेको उक्त हाउसमा आपतकालिन अवस्थामा बिरामी, दुर्घटना ,बेरोजगार वा कम्पनि परिबर्तन गर्दा अस्थायी आवाशको रुपमा धेरै नेपालीहरुले उपयोग गर्दै आईरहेका छन्। दर्जनौ नेपाली संघ संस्थाहरुले नियमित बैठक, अधिबेशन, भेटघाट कार्यक्रम,सेमिनार, शिबिर लगायतका  बिभिन्न किसिमका कार्यक्रमहरुको आयोजना पनि गर्दै आईरहेका छन् । एन.आर.एन कोरियाले नै कोरियन नागरिकहरुलाई नेपाली भाषा र नेपालीहरुलाई कोरियन भाषाका कक्षाहरु पनि संचालन गर्दै आईरहेकोछ । बहु संस्कृतिको धनि देश नेपालको कला र संस्कृतिलाई कोरियाली बीचमा प्रचार प्रशार गर्दै नेपाल प्रति आकर्षण गरि देश बिकाशमा समेत टेवा दिने उद्देश्यको साथमा नेपाल हाउसको संचालन र यसको उपयोगिता र महत्व बढ्दै गईरहेको अवस्थामा अव एन आर एन कोरियाले मात्र हैन सबै नेपाली समुदाय मिलेर नेपाल हाउस संचालन गर्नु पर्छ भन्ने पटक पटकको अन्तरक्रियाको निश्कर्ष मार्फत केहि महिना अगाडि कोरियामा क्रियाशिल सम्पुर्ण संघ संस्थाको बृहत सहभागितामा सबै संस्था सदस्य रहेको नेपाल हाउस मूल संचालक समिति गठन गरिएको थियो। सोहि समितिको २०१४ मे ११ तारिखको अर्को एक अन्तरक्रिया कार्यक्रमबाट नेपाल हाउस संचालनको लागि १० करोड वन (करिब १ करोड रुपयां)संकलन गरि दीर्घकालिन रुपमा ब्यवस्थित तरिकाले संचालन गर्नको लागि १३ सदस्यीय नेपाल हाउस ब्यबस्थापन समिति गठन गरिएको थियो ।

 

नेपाल हाउस ब्यबस्थापन समितिको गठन पश्चात १० करोड संकलन अभियान अन्तर्गत गत छुसकमा बृहत सांस्कृतिक कार्यक्रम गर्ने गरि निर्णय भएता पनि एनसिसीको कार्यक्रम बांडफाड कार्यक्रममा संघ संस्थाहरु संग सहमति हुन नसके पछि सलनालको लागि नेपाल हाउसलाई सांकृतिक कार्यक्रम आयोजना गर्न दिइनु पर्ने शर्तमा नेपाल हाउस एक कडम पछाडी हट्यो । नेपाल हाउस ब्यबस्थापन समितिको महान लक्ष सहितको यस महत्वकांक्षी अभियानलाई पूरा गर्ने पहिलो पाटो भनेकै बृहत सांस्कृतिक कार्यक्रम रहेकोले आगामी सलनाल पर्वमा भब्य,सभ्य र बृहत सांस्कृतिक कार्यक्रमको आयोजना गरि उक्त सांस्कृतिक कार्यक्रमलाई बृहत नेपाल हाउस महायज्ञको रुपमा प्रस्तुत गर्दै महत्वकांक्षी अभियानलाई मूर्त रुप दिनको लागि भावि कार्य योजना सहितको रुपरेखा तयार गरिएको छ ।

 

 

 

आर्थिक संकलनका माध्यमहरुः

 

१.सांस्कृतिक कार्यक्रम सहितको बृहत नेपाल हाउस महायज्ञ

 

२.चन्दा संकलन  क) ब्यापारीहरुबाट

 

                          ख) संघ संस्थाहरुबाट

 

                          ग) ब्यक्तिगत

 

                          घ) अन्यबाट (कोरियन नागरिक तथा कोरियन संस्थाहरुबाट)

 

 

 

आर्थिक संकलन समितिको चयनः

 

१.ब्यापारीतर्फः

 

सम्पादन समितिका संयोजक बिनोद कुंवरको संयोजकत्वमा बढिमा ३ जनाको संकलन समिति चयन गर्ने ।

 

२.संघ संस्थाहरु तर्फः

 

सम्पादन समितिका कार्यलय सचिव याम श्रीष मगरको संयोजकत्वमा बढिमा ५ जनाको संकलन समिति चयन गर्ने ।

 

३.ब्यक्तिगत तर्फः

 

अरुण श्रेष्ठ(ईपिएस छिङगु)

 

लोक लामा(अध्यक्ष योङ स्टार ग्रुप)

 

पुरन राना(अध्यक्ष नेपाल मगर संघ)

 

सुरज गुरुङ(अध्यक्ष तमुधिं)

 

गजेन्द्र क्षेत्री(युनिक भिजन)

 

रमेश उत्प्रेती(अध्यक्ष मकवानपुर)

 

उमेश बस्नेट(समाज सेवी)

 

श्री खनाल(एनआरएन क्षेत्रिय कमिटी संयोजक)

 

खेम कार्की (प्रदेशी नेपाल डट कम)

 

३.अन्य तर्फः

 

कोरियन नागरिक तथा कोरियन संघ संस्थाहरु(गुम्बा,चर्च आदि)बाट संकलनको लागि एन आर एन सल्लाहकार तथा एन आरएन आई सिसी सदस्य केपी सिटौलाको संयोजकत्वमा बढिमा ३ जनाको संकलन समिति चयन गर्ने ।

 

 

 

माथि उल्यखित आर्थिक संकलनका माध्यमबाट नेपाल हाउस कार्य सम्पादन समितिको यस महत्वकांक्षी योजना पूरा भएमा नेपाल हाउसलाई कोरियाली भूमिमा सांच्चिकै नेपाल झल्कने खालको नेपाल हाउस बनाउंदै प्रवासी नेपालीहरुको साझा घरको रुपमा बिकास गरिने छ । 

 

 

नेपाल हाउसको  योजना सफलता पश्चात नेपाल हाउस परिकल्पनाः
 

 

क) २०० जना सम्म अट्न सक्ने सभा हल

 

ख)आपत् बिपत् तथा बेरोजगार महिला तथा पुरुष प्रवासीहरुको लागि छुट्टा छुट्टै अस्थाई निवासहरु

 

ग)एकै चोटी कम्तिमा २ वटा संघ संस्थाहरुले बैठक गर्न सक्ने बैठक स्थल

 

घ) नेपाल हाउस भित्र बिभिन्न रयाकहरुको निर्माण

 

ङ) नेपाल हाउस भित्र बिभिन्न डकुमेन्ट्रीहरु प्रर्दशन गर्न सकिने गरि स्थाई प्रोजेक्टरको ब्यबस्था

 

च) उत्कृष्ट साउण्ड सिष्टमको ब्यबस्था

 

छ)नेपाल हाउस भित्र नेपाल झल्कने खालका बिभिन्न सामाग्रीहरुको सजावट र डिजाईन

 

ज)नेपाल हाउस ब्यबस्थापनलाई चुस्त पार्न स्वयंसेवक(अफिसियल) राख्न सकिने
झ) चन्दा दाताहरुको हकमाः

 

 

 

# ५ लाख ओन वा सो भन्दा बढि आर्थिक सहयोग गर्ने संस्थाहरुको लागि बैठक पुस्तिका वा अफिसियल सामाग्री राख्न मिल्ने रयाक निर्माण गरिने छ ।
 

 

 

 # १० लाख ओन देखि २० लाख ओन सम्म आर्थिक सहयोग गर्ने संस्थाहरुको लागि बैठक पुस्तिका वा अफिसियल सामाग्री राख्न मिल्ने रयाक सहित ताम्रा पत्रबाट सम्मान गरिने छ ।

 

 

 

# चन्दा दाताहरुले प्रदान गरेको सहयोग रकमलाई न्युनतम ५० लाख ओन भन्दा माथि सबैको क्रमबद्द रुपमा छुट्टाछुट्टै तीनवटा शिलालेख (ब्यापारी,संस्थागत र ब्यक्तिगत)मा बिबरण दर्शाईने छ ।

 

 

 

# सहयोग रकमको आधारमा २० लाख देखि करोडौ सम्म आर्थिक सहयोग गर्ने चन्दा दाताहरुको हकमा नेपाल हाउस भित्र रकम अनुसारको साईजमा बिज्ञापन बोर्ड राखिने छ ।

Download related file